☰ open

 धनुषाका मालपोत कार्यालय तत्कालीन प्रमुख पाँच लाख घुससहित पक्राउ परेका झालाई विशेष अदालतले भ्रष्टाचारी ठहर

२०८० असार २९, शुक्रबार १६:४३
मिडियाखबर

घुससहित पक्राउ परेका मालपोत कार्यालय धनुषाका तत्कालीन प्रमुख सुनिलकुमार झा भ्रष्टाचारी ठहर भएका छन्।

पाँच लाख घुससहित पक्राउ परेका झालाई विशेष अदालतले दोषी ठहर गरेको हो।

विशेषका न्यायाधीश श्रीकान्त पौडेल र खुसीप्रसाद थारूको संयुक्त इजलासले झालाई भ्रष्टाचार मुद्दामा झालाई दोषी ठहर गरेको हो।

उनको सजाय निर्धारण हुन भने बाँकी रहेको छ।

जनकपुरधामको भानु चोकमा सेवाग्रहीबाट पाँच लाख घुस लिइरहेको अवस्थामा पक्राउ परेका झाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७९ वैशाख १६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

जग्गासम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भन्दै उनले सेवाग्रहीसँग ५ लाख घुस लिएको अख्तियारले जनाएको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights