☰ open

मिटरब्याजीका रुपमा परिचित झा कारागार चलान

२०८० श्रावण १२, शुक्रबार १२:२९
मिडियाखबर

धरौटी तिर्न नसकेपछि सप्तरीको एक जना मिटरब्याजीका अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

राजविराज- ७ बस्ने हेम नारायण झा पूर्पक्षका लागि कारागार चलान भएका हुन्। अनुचित लेनदेन सम्बन्धमा हरिनारायण रजक, मो.तजमुल मिँया, कौशल्या देविसमेतको जाहेरीका आधारमा झाविरुद्ध ठगी तथा अपराधिक विश्वासघात मुद्दामा अनुसन्धान पछि प्रहरीले जिल्ला अदालतमा फाइलहरू पेस गरेको थियो।

मिटरब्याजीका रुपमा परिचित झालाई पच्चिस लाख २५ लाख धरौटी खोलिएकोमा उनले तिर्न नसक्दा बिहीबार कारागार कार्यालय सप्तरी चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights