☰ open

गौरा मनाउन टुँडिखेलमा जम्मा भएको भिडले आफूविरुद्ध नारा लगाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कड्किए

२०८१ भाद्र १०, सोमबार १६:१६
मिडियाखबर

सुदूरपश्चिमको महत्वपूर्ण पर्व गौरा मनाउन टुँडिखेलमा जम्मा भएको भिडले आफूविरुद्ध नारा लगाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कड्किएका छन्।

शुभकामना दिन मंचमा पुगेलगत्तै होहल्ला गरेपछि देउवाले ‘हल्ला गर्दै गर्नुस् म आफ्नो कुरा राख्छु’ भने।

होहल्ला झन् चर्किएपछि देउवा कड्किए-‘लाज पनि छैन। अर्काको कार्यक्रम बिथोल्ने? लाज नभएकाहरु, यही हो नेपालको संस्कृति? यही हो नेपालको चलन? यही सिकेर आएको ?बकवासहरु।’

​उनले गौरा पर्व बिथोल्नेहरूको घुसपैठ भएको आरोप लगाए।

‘यहाँ गौरा पर्व मनाउन आएकाहरू छन्। देउडा खेल्न आएका छन्। यहाँ न अरूको कुरा सुन्छन्। न देउडा खेल्न दिन्छन्। अरूको कार्यक्रम बिथोल्नेहरू छन्। त्यस्तालाई जनताले ठिक पार्नुपर्छ।’ देउवाले थपे।

भिडले आफूहरुलाई नेताहरु नचाहिने भन्दै मुर्दावादको नारा लगाएको थियो।

पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सुदूरपश्चिमको संस्कृतिलाई चिनाउन गौरा पर्व महत्वपूर्ण रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights