२०८३ असार ११, बिहीबार ०९:३०
मिडियाखबर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार विभिन्न ९९ पदका लागि विद्युतीय माध्यमबाट मतदान सुरु भएको हो।
मतदान सुरु भएसँगै महाधिवेशन प्रतिनिधिहरू हलमा प्रवेश गर्न थालेका छन्। असार ७ गतेदेखि सुरु भएको महाधिवेशनको यो मतदान प्रक्रिया आज बिहान १०:०० बजेसम्म जारी रहने केसीले जानकारी दिए।
यस निर्वाचनमा कुल ३ सय ८४ जनाले विभिन्न पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। पार्टीको केन्द्रीय सभापति पदमा भने रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।






फेसबुकबाट तपाईको प्रतिक्रिया