☰ open

आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१३ घण्टा
मिडियाखबर

काठमाडौं २५ आश्विन २०८३।
पश्चिमी र मनसुनी वायुको आंशिक प्रभावका कारण देशका केही उच्च भू-भागमा मौसम बदलीसँगै वर्षा र हिमपातको सम्भावना बढेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार हाल पहाडी तथा हिमाली क्षेत्रमा बदली छ भने तराईका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भेगका थोरै स्थानमा अहिल्यै हल्का वर्षा भइरहेको छ। सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ। मौसममा आएको यो बदलावले ती क्षेत्रको जनजीवनमा आंशिक असर पर्न सक्ने देखिएको छ।

यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भने हल्का वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ। तराईका अधिकांश भू-भागमा भने मौसम मुख्यतया सफा नै रहने अनुमान छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया