☰ open

समाज र राजनीति

२०७७ माघ ६, मंगलवार १०:२०
मिडियाखबर

 

संजय प्रसाद पौडेल

हामिमा सधैं एउटा भ्रम के रह्यो भने भाडा परिबर्तन गर्यौ भने भोजन मिठो हुनेछ। अनि हामी भाडा फेर्न थाल्यौं। स्यानो कसौंडीबाट ठुलो खंड्कुलोसम्म पुगिसकेका छौँ। तर भोजन कहिल्यै स्वादिलो भएन। हामिमा यति पनि चेत भएनकी भोजन त भाडाको कारणले होईन भान्सेको क्षमताको कारणले स्वादिलो हुने हो। भान्से क्षमताबान छ भने कमसल रसद पानीबाट पनि मिठो भोजन बनाउन सक्छ। भान्से असक्षम छ भने सुनकै बर्तनमा पकाए पनी त्यो भोजन मिठो हुदैन। भान्सेले हामिलाई झुक्याउदै गयो। उसले हामिलाई भन्यो कि म त अकुसल होईन। तर तिमिहरुको बर्तन कमसल छ। बर्तन फेरिएका खण्डमा म तिमीहरूलाई मिठो भोजन खुवाउन सक्छु। हामिले पत्यायौ। हामिले बुझेनौ कि उसले हामिलाई आफ्नो असक्षमता लुकाई राखेको छ। हामी फेरै नयाँ बर्तनको जोहो गर्छौ। उ भन्छ , ” यो होइन त। अलि ठुलो।” ठुलो खोज्दा खोज्दा यहाँ सम्म आईपुग्यौ तर भोजन कहिल्यै मिठो खान पाएको होइन।अर्कोतिर , भान्सेले भोजन मिठो बनाएन बनाएन भएको भोजन पनि अगाउजी खान दिएन। रसद , रासन पानी लुकाएर खाना बसाल्छ। जसको लागि भोजन बनाको हो उ कंगाल भै सक्यो। सडकमा आई सक्यो। तर असक्षम भान्से भने धनकुबेर भैसक्यो। तर भान्से असक्षम र फटाह रहेछ भन्ने भोजन गर्नेहरुले धेरै पछि बुझे। बल्ल उनिहरुमा भान्से नै फेर्नु पर्छ भन्ने चेत पलाएको छ। अब आउने भान्से सक्षम हुनेछ जसले स्वादिलो भोजन खुवाउने छ। अब हामी नयाँ भान्सेको खोजिमा छौ।

 

फरक प्रसङ्ग ! त्यसै गरि मलाई कहिलेकाही समाजबाट उब्जेका कुराहरु आफ्नो जिबनसंग मिल्दा छक्क लाग्छ। अनि जिल्ल पनि पर्छु। अनि लाग्छ, यी कुराहरु आजैका दिनकालागी भनिएका रहेछन कि जस्तो लाग्छ।

म सानो छँदा गाउँमा भाग लगाएको खसीको मासु लिन जान्थे। त्यसको पैसा तेति खेरै दिन पर्दैनथ्यो। पछि दिदा पनि हुन्थ्यो। अहिले जस्तो बजारमा तेति किनिदैनथ्यो। किनभने बजार तिर खसिको फल देखाएर बाख्राको मासु बेच्थे जुन अहिले पनि सहरतिर गर्छन। कार्ल मार्क्सले भन्थे,” संसद भनेको खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउ हो।”गर्ने आखिर सबैले उहीँ रहेछ। बगरे देखि सहरे सम्म। मौका पाए ठगि हाल्ने।

 

प्रसङ्ग तिर लागौ। अनि त्यहाँ देख्छु सबै मासुको वरिपरि झुम्मिएका। अनि मलाई सोध्थे के लिन आको भनेर। म बबुरो भन्थे भाग लगाको मासु। ” ए ल ल !बाहुनलाई छाला बाहिरको र आन्द्रा भित्रको देउ त!”मलाई अलि अर्थ लगाउन मुस्किल पर्थ्यो। सोच्थे के भनेका होलान।तर अहिले बुझ्दै जान्छु केहि केहि। जनताले दिएको करिब दुई तिहाइ मतको अबमुल्यन गर्दै संसद बिघटन भएको छ। अब हामीले फेरी कसलाई पत्याउने हो ? हामि जनतालाई जहिले पनि खसीको छाला बाहिरको र आन्द्रा भित्रको राजनीति लाभ प्राप्त भैराखेको छ। नेताहरु भने सधै खसीको मासुको सिकार गरिराखेका छन्। तर अहिले बुझ्दा बडो गम्भीर लाग्छ। हाम्रो मुलुकमा कहिल्यै स्थिरता भएन। कहिले यो बहानामा त कहिले त्यो बहानामा अस्थिरता निम्ति रह्यो। कहिले कांग्रेसले गरे त कहिले कम्निस्टले गरे। कहिले भारतलाई दोष दिईयो त कहिले चाईनालाई ! आखिर हामीले आफ्नो सीद्दान्त अनुसार केवल दोष मात्रै थोपर्ने काम गर्यौ। अहिले हामी जनतालाई त्यही छाला बाहिरको र आन्द्रा भित्रको प्राप्त भैरहेको छ मुफ्तमा।

खसीको आन्द्रा भित्र के हुन्छ ? अनि छाला बाहिर के हुन्छा? हो त्यहि !!!

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights