☰ open

आजदेखि भृकुटीमण्डपमा नाइमा एक्स्पो सुरु हुँदै, ५५ ब्रान्ड र ४० नयाँ मोडल प्रदर्शनीमा

९ घण्टा
मिडियाखबर

काठमाण्डौ २६ साउन २०८३

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा मंगलबारदेखि आज ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु हुँदैछ।
काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुन लागेको यो एक्स्पो यहि साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।
नेपालमा दिगो, हरित र प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रदर्शनीमा बहुराष्ट्रिय तथा स्वदेशी सवारीसाधन निर्माता र आयातकर्ताहरूको सहभागिता रहनेछ।
विद्युतीय सवारी मुख्य आकर्षण, नयाँ मोडलहरू सार्वजनिक गरिने
एक्स्पोमा मुख्य गरी विभिन्न ब्रान्डका पछिल्ला मोडलका ई-कार, ई-स्कुटर तथा विद्युतीय व्यापारिक सवारीसाधनहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। नेपाल भित्रिएका नयाँ सवारीसाधन र तिनका आधुनिक प्रविधिहरूलाई सोही मञ्चमार्फत पहिलो पटक सार्वजनिक गर्ने तयारी आयोजकले गरेको छ।
सवारीसाधन खरिदका लागि सहज वित्तीय सुविधा उपलब्ध गराउन विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूले विशेष अफर र सहुलियत दरमा कर्जा योजनाहरू उपलब्ध गराउनेछन्।
प्रदर्शनीमा अटोमोबाइल पार्टपुर्जा, ब्याट्री, चार्जिङ स्टेसनका प्रविधि तथा एक्सेसरिजका स्टलहरू समेत समावेश गरिएका छन्। नेपालमा हरित ऊर्जा र विद्युतीय सवारीको प्रयोग तीव्र गतिमा बढिरहेकाले यस एक्स्पोले अटोमोबाइल क्षेत्रलाई नयाँ दिशा दिने विश्वास लिइएको छ।

एक्स्पो अवलोकनका लागि बिहान १० बजेदेखि साँझ ६ बजेसम्म समय तोकिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया