☰ open

३१ जना सहसचिवहरुको सरुवा

२०७७ फाल्गुन १४, शुक्रबार १२:०८
मिडियाखबर

काठमाडौं । सरकारले ३१ जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकबाट ३१ जना सहसचिवहरुको सरुवा गरिएको हो । जसअनुसार राजस्व अनुसन्धान विभागका सहसचिव दीर्घराज मैनालीलाई अर्थ मन्त्रालय लगिएको छ भने आन्तरिक राजस्व विभागका गजेन्द्र ठाकुरलाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको छ ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका खगेन्द्र प्रसाद रिजाल र शिवकुमार कार्कीलाई गृह मन्त्रालय लगिएको छ । गृहका अर्जुन कुमार शर्मा र रमेश शिवाकोटीलाई अख्तियारमा लगिएको छ । त्यस्तै धर्मेन्द्र कुमार मिश्रलाई लगानी बोर्डमा लगिएको छ भने प्रकाश पौडेललाई अख्तियार बाट उद्योग तथा आपूर्ति मन्त्रालय लगिएको छ। रमेश नेउपानेलाई गृहमन्त्रालय बाट खाने पनि मन्त्रालय लगिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights