☰ open

जानकी आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा. अमित यादव नियुक्त

३ घण्टा
मिडियाखबर

जनकपुरधाम ३० आश्विन २०८३।
श्री जानकी आँखा अस्पताल, जनकपुरधामको मेडिकल डाइरेक्टरमा डा. अमित यादव नियुक्त भएका छन् । त्यसैगरी, अस्पतालको प्रशासकमा रुदल प्रसाद साह नियुक्त भएका छन् ।

नवनियुक्त मेडिकल डाइरेक्टर डा. यादव र प्रशासक साहलाई बधाई तथा शुभकामना दिने क्रम सुरु भएको छ । यसै क्रममा पुर्वमन्त्री रामसिंह यादब तथा सञ्जय यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत दुवैलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

यादवले नवनियुक्त पदाधिकारीको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरूको कार्यकाल सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

अस्पतालको व्यवस्थापन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नवनियुक्त पदाधिकारीको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया