२०७७ फाल्गुन १८, मंगलवार १२:३९
मिडियाखबर



पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुन सक्ने बताएका छन् । पोखरामा आफूपक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘सही ढंगले सरकारको नेतृत्व गरेको हुनाले, ममाथि प्रहार भइरहेको छ । अत्यन्त तिव्र प्रहार भएको छ,’ ममाथि शारीरिक हमला भयो भने पनि तपाइँहरू अन्यथा नलिनु होला । तर, त्यस्तो हुन दिँदैन । म रहिन भने पनि पार्टी छ । नेतृत्व छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा जान दिन हुँदैन ।’ उनले दाहाल नेपालले आफूमाथि झुटा आरोप लगाएको पनि बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया