☰ open

ह्युस्टनमा पोर्चुगलको गोलवर्षा, उज्वेकिस्तान ५-० ले पराजित

२०८३ असार १०, बुधबार ०९:१५
मिडियाखबर

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा पोर्चुगलले उज्वेकिस्तानमाथि ५-० को शानदार जित दर्ता गरेको छ। अमेरिकाको ह्युस्टनमा भएको खेलमा पोर्चुगलले ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ

पहिलो हाफमै ३-० को बलियो अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल थप्यो। यस जितसँगै पोर्चुगलले विश्वकपको अघिल्लो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ।

खेलको छैटौं र ३९ औं मिनेटमा गोल गर्दै कप्तान क्रिस्टियानो रोनाल्डोले टोलीको जितमा मुख्य भूमिका खेले। यी गोलसँगै उनी लगातार ६ वटा विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्।

पोर्चुगलका लागि नुनो मेन्डेजले १७ औं मिनेटमा एक गोल गरेका थिए। दोस्रो हाफमा थप आक्रामक बनेको पोर्चुगलका लागि अन्य खेलाडीले दुई गोल थप्दै टोलीको फराकिलो जित निश्चित गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights