☰ open

सर्वोच्‍चले सोचेभन्दा फरक आदेश दियो : दाहाल

२०७७ फाल्गुन २५, मंगलवार ११:२४
मिडियाखबर

काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपा नामसम्बन्धी विवादबारे सर्वोच्च अदालतले सुनाएको फैसला अपेक्षा  गरेको भन्दा फरक आदेश आएको बताएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयबाट बाहिरिने क्रममा दाहालले छोटो कुरा गर्दै आफूहरूले सोचेभन्दा फरक आदेश आएको बताएका हुन् ।

‘हामीले सोचेभन्दा फरक आदेश आएको लागेको छ ‘दाहालले भने ‘यो फैसला राम्रोसँग नपढि टिप्पणी गर्ने बेला भएको छैन् ।’

आज सर्वोच्‍च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेल नेतृत्वको पक्षमा आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा आदेश गरेको हो।  कट्टेलले नेकपा दाबी गर्दै रिट निवेदन दायर गरेका थिए ।

निर्वाचन आयोगले २०७५ जेठ २३ मा नेकपा नाम अभिलेखीकरण गरेको थियो । कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भएको थियो । उनले अरु हैसियतमा नभएर खाली नामका लागि मात्रै आफ्‍नो दाबी प्रस्तुत गरेका थिए ।

ईकागज

फेसबुकबाट तपाईको प्रतिक्रिया