☰ open

धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर एमालेको राखियो

२०७७ फाल्गुन २५, मंगलवार ११:४१
मिडियाखबर

काठमाडौं : सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताइदिएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका छन्।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन्।
सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको थियो। यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् रूपमा जगाएको छ।

नेकपाका जिल्ला कार्यालयमा एमालेको बोर्ड राख्न सोमबारदेखिनै सुरु भएको हो। २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गठन भएको  थियो।

अन्नपुर्ण पोस्ट

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights