☰ open

सेयर बजारमा आज दोहोरो अंकको वृद्धि, ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा

२०७९ असार २९, बुधबार १६:०८
media khavar

सेयर बजारमा आज दोहोरो अंकको वृद्धि भएको छ । बुधबार ५९.५४ अंकले बढेको बजार १९८६.८२ बिन्दुमा पुगेर रोकिएको छ । बुधबार ३.०९ प्रतिशतले बजार बढेको हो ।

बुधबार कुल २२५ वटा कम्पनीको ३२ हजार ७८२ वटा कारोबारबाट ५७ लाख ८७ हजार १२६ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँ बराबरको भएको छ । बुधबार सबै उपसमूहको मूल्य बढेको छ । सबैभन्दा धेरै विकास बैंकका लगानीकर्ताले कमाएका छन् ।

नेपाल फाइनान्स र रिलायन्स फाइनान्समा बुधबार पोजेटिभ सर्किट लाग्यो । सीइडीबी हाइड्रो, कर्पोरेट विकास बैंक, सिजिटन्स म्यूचअल फण्डसहित करीव एक दर्जन कम्पनीको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यस दिन धेरै घट्नेमा डिभेन्चरहरु रहेका छन् । शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights