☰ open

सुरक्षा क्षेत्र तोडेर संसद भवन प्रवेश गरे प्रदर्शनकारी

२०७९ श्रावण १२, बिहीबार ०९:३६
media khavar

इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद भवन प्रवेश गरेका छन् ।

संसद भवन प्रवेश गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको थियो । सुरक्षाकर्मीहरूले संसद भवन प्रवेश गर्न खोज्नेहरूलाई केही बेर रोके पनि ठूलो भीड भवनभित्र छिरेको एएफपीले जनाएको छ ।

प्रदर्शनकारीहरू प्रवेश गरेको समयमा संसद भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन् । सामाजिक सन्जालहरुमा सेयर भइरहेका भिडियो र फोटोहरुमा प्रदर्शनकारीहरू संसद भवनभित्र नाचगान गरेको र टेबलहरूमा सुतेको देखिन्छ ।

धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन् । गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights