☰ open

मतदाता नामावली संकलन स्थगित

२०७९ श्रावण २०, शुक्रबार १०:०५
media khavar

काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन स्थगित गरेको छ । सरकारले विहिबार मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेसँगै आयोगले मतदाता नामावली संकल स्थगित गरेको हो ।

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाक प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन साउन २० गतेदेखि स्थगित हुने आयोगले जनाएको छ ।

साथै अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा साउन २१ ९भोलि०समम औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights