☰ open

एकैदिन थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि

२०७९ श्रावण २३, सोमबार १६:३३
media khavar

काठमाडौँ । आज नेपालमा एकैदिन थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो घण्टामा कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोमबार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो। २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ। पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights