२०७९ भाद्र ३१, शुक्रबार ०९:५२
media khavar
काठमाडौं । नेपाल टेलिकमले आजदेखि ग्राहकलाई निःशुल्क ई–सिम वितरण गर्ने भएको छ । सुन्धारा काउन्टरबाट आजदेखि ग्राहकलाई निःशुल्क ई–सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । हाल सञ्चालनमा रहेको प्रिपेड वा पोस्टपेड ग्राहकले निःशुल्क रूपमा सिममा परिवर्तन गर्न सक्नेछ ।
यो सँगै इन्टरनेटमा आधारित सिमकार्ड ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरूले नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने भएका छन् । ई–सिम प्रविधिलाई समर्थन गर्ने फोन भएका ग्राहकहरूले आफ्ना ह्यान्डसेटहरूमा नयाँ प्रविधि प्रयोग गरि नयाँ अनुभवको मज्जा लिन टेलिकमले आग्रह गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया