☰ open

खानेपानीको नयाँ मिटर जडान सम्बन्धी सूचना

२०७९ कार्तिक १८, शुक्रबार ०९:३४
मिडियाखबर

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (KUKL/PID) अनामनगर, काठमाण्डौले विस्तार गरेको मेलम्ची आयोजनाको नयाँ पाइपलाइनमा HDPE पाइपबाट हाउस कनेक्सन भैसकेका घरहरुमा नयाँ मिटर जडान गर्नका लागि निम्नानुसार सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ ।

  1. काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (KUKL) का ग्राहकहरुले आफ्नो धाराको रजिष्ट्रेसन कार्ड र सो कार्डको प्रतिलिपि (Photocopy) नयाँ मिटर जडान गर्न आउने निर्माण व्यवसायीका कर्मचारीलाई उपलब्ध गराइदिनुहुन ।
  2. काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (KUKL) को ग्राहक बनिनसकेको घरधुरीको हकमा KUKL को सम्बन्धित शाखामा गइ नयाँ धारा जडान स्विकृत गराइसकेपछि दिइने प्रमाण-पत्रको प्रतिलिपि (Photocopy) जडान गर्न आउने निर्माण व्यवसायीका कर्मचारीलाई उपलब्ध गराइदिनुहुन।
  3. नयाँ मिटर जडान कार्य आयोजनाले गर्ने हुँदा मिटर जडान गर्न आउदा कुनै थप रकम तिर्नु नपर्ने ।

 

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड,

आयोजना कार्यान्वयन निर्देशनालय

अनामनगर, काठमाण्डौ

फोन नं. 01-5705771, 01-5705916, 01-5705148

फ्याक्सः 01-5705057, निशुल्क फोन नं. 1139

गृहपृष्ठः kuklpid.org.np

Facebook: http:/www.facebook.com/kuklpid

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights