☰ open

“मापदण्ड भन्दा बढी धूँवा फाल्ने १५ ओटा सवारी साधनका चालकहरु ट्राफिक प्रहरीको कारबाहीमा

२०८० बैशाख १४, बिहीबार ११:११
मिडियाखबर

काठमाडौँको बबरमहलमा  बुधवार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने १५ ओटा सवारी साधनका चालकहरू कारबाहीमा परेका छन् ।
मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस ७ ओटा, माइक्रोबस ५, पिकअप भ्यान २ र ट्रक १ गरी १५ ओटा सवारी साधनका चालकहरू कारबाहीमा परेका हुन् ।
वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले आज बबरमहलमा २५ ओटा सवारी साधनलाई चेक गर्दा मापदण्डभन्दा बढी धूँवा फाल्ने १५ ओटा सवारी साधन फेला परेका हुन् । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।
मापदण्डभन्दा बढी धूँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पुर्ण चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गर्नु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights