☰ open

भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल २३  रनले पराजित भए

२०८० आश्विन १६, मंगलवार ११:५८
मिडियाखबर

चीनको हाङझउमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटतर्फको पहिलो क्वार्टर फाइनल खेलमा नेपाल भारतसँग  २३ रनले पराजित भएको छ। भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल २३  रनले पराजित भएको हो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट  गुमाएर १७९ रनमात्रै बनाउन सक्यो।

नेपालका तर्फबाट ब्याटिङ गर्दै दीपेन्द्रसिंह ऐरीले आक्रमक ब्याटिङ प्रस्तुत गरे पनि टिमलाई जितको लक्ष्यसम्म पु¥याउन सकेनन्। ऐरीले आक्रमक ब्याटिङ गर्दै १५ बल खेलेर ३५ रन बनाए। आफ्नो १५ बलको इनिङमा उनले ४ छक्का प्रहार गरे। ओपनर कुशल भुर्तेलले २८ र आसिफ शेखले १० रन जोडे। त्यस्तै मंगोलियाविरूद्ध ब्याटिङ गरेर तिब्र गतिमा शतक बनाउने कीर्तिमान बनाएका कुशल मल्ल २९ रन बनाएर आउट भए।

कप्तान रोहित पौडेल ३ रन बनाएर आउट हुँदा सन्दीप जोरले २९ रन जोडे। त्यस्तै सोमपाल कामीले ७ र गुलशन झाले ६ रन बनाए। भारतको तर्फबाट बलिङ गर्दै रवि विस्नोइ र अवेश खानले ३-३, अर्शदीप सिंहले २ र साइ किशोरले १ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले  निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो।

भारतका तर्फबाट ब्याटिङ गर्दै ओपनर यशस्वी जयसवालले सर्वाधिक १०० रन जोडे। उनले ४८ बल खेलेर १०० रन बनाए। जयशवालले आफ्नो शतकीय इनिङमा ८ चौका र ७ छक्का प्रहार गरे। त्यस्तै कप्तान ऋतुराजय गयकवाड २३ बल खेलेर २५ रन बनाए। भारतका तर्फबाट ब्याटिङ गर्दै रिन्कु सिंहले १४ बल खेलेर ३५ रन जोडे। उनले २  चौका र ४  छक्का प्रहार गरेका थिए। यस्तै शिवम दुब्बेले  १९ बल खेलेर २५ रन बनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights