☰ open

केपी शर्मा ओलीले जनयुद्ध दिवसमा दिइने बिदा फिर्ता गर्न माग गरे

२०८० आश्विन १६, मंगलवार १५:५३
मिडियाखबर

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसमा दिइने बिदा फिर्ता गर्न माग गरेका छन्।

प्रतिनिसभाको मंगलबारको बैठकमा बोल्दै उनले आगामी मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय फिर्ता लिनुपर्ने र नभए एमालेले त्यसका विरुद्ध कदम चाल्ने चेतावनी दिए।

बिदा फिर्ता नलिए यसले युद्ध नत्यागेको स्पष्ट पार्ने भन्दै उनले अहिलेको संविधान र प्रश्नलाई ट्याकल गर्न खोजेको देखिने टिप्पणी गरे।

‘मेरो समर्थनमा उहाँ प्रधानमन्त्री हुनुभएको थियो। मैले शेरबहादुर देउवासँग कुरा गरेँ, मान्नुभएको छ, उत्सव मनाउँछु, बिदा दिन्छु, म प्रम भएपछि किन नमनाउने भन्नुभयो। मैले सम्भव छैन भनेँ, उहाँले बिदा घोषणा गरेँ भन्नुभयो,’ उनले भने, ‘उहाँले हामीलाई शान्तिको प्रयासलाई हिंसाको जयगानबाट जवाफ दिन्छु भन्नुभयो। हिंसा सुरु गरेको दिनलाई उत्सव मनाउन बिदा गरेर स्वीकार्य कुनै हालतमा छैन। बिदा रद्द नगरे हामीले यसका विरुद्ध कदम चाल्नुपर्ने हुन्छ।’

ओलीले जनयुद्ध कुनै पनि हालतमा उपयुक्त नभएको भन्दै हिंसालाई स्वीकार गर्न नसकिने बताए। उनले अहिलेको सरकारले शान्ति प्रकृयाको काम सक्नुभन्दा पनि उनीहरुलाई रुवाउने, नुनचुक थप्ने काम गरिरहेको धारणा राखे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights