☰ open

११ किलो सुन प्रकरणमा प्रहरीले थप एक जना चिनियाँ नागरिक पक्राउ

३ वर्ष
मिडियाखबर

११ किलो सुन प्रकरणमा प्रहरीले थप एक जना चिनियाँ नागरिक पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६६ वर्षीय तासी, दावा भन्ने आगर लामा रहेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार दिउँसो उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार सुन तस्करी गरेको घटनामा सुन अर्डर गर्नेदेखि ल्याउन लगाउने सम्मको भूमिका तासीले खेल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको छ।

मंगलबार मात्रै सिआइबीको टोलीले काठमाडौंबाटै एक जना चिनियाँ नागरिकसहित ३ जनालाई पक्राउ गरेको थियो।

त्यसअघि नै प्रहरीले दोलखाबाट ७ जनालाई पक्राउ गरेको थियो। यस प्रकरणमा अहिलेसम्म ११ जना पक्राउ परेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया