☰ open

ब्युटिसियन पुनमदेवी सर्राफको हत्यामा संलग्न रहेको आरोपमा एक युवक पक्राउ

२०८० आश्विन २१, आईतवार १८:५१
मिडियाखबर

वीरगन्जको छपकैयामा गत शुक्रबार हत्या गरिएकी ब्युटिसियन पुनमदेवी सर्राफको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार पत्रकार सम्मेलन गरि , पुनमदेवीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका २५ वर्षिय इमरान मियाँलाई सार्वजनिक गरेको हो ।

वीरगन्ज १ छपकैयाकै गगनदेव साहकी पत्नि ४० वर्षिय पुनमदेवी सर्राफ, गत शुक्रबार बिहान आफनै घरभित्र रक्ताम्य अवस्थामा अचेत फेला परेकोमा उपचारका क्रममा उनको त्यहिदिन बिहान ७.३० बजे मृत्यु भएको थियो ।

पक्राउ परेका इमरानले पुनमदेवीको हत्या आफैंले गरेको स्ववीकार गरिसकेको पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरक्षिाक कोमल शाहले बतााए ।उनि लागु पपदार्थको दुव्र्यसनीसमेत रहेको अनुसन्धानका क्रममा खुलेको शाहले जानकारी दिए ।

शाहका अनुसार , गत शुक्रबार बिहान ३ बजेतिर चोरी गर्ने उदेश्यले इमरान पुनमदेवीको घरको झयालबाट छतमा चढेर सिढिंघर हुदैं पुनमदेवी सुतेको कोठाभित्र पसेका थिए । घरमा एक्लै रहेकी पुनमदेवी उठेर जितीया पर्वको तयारीमा लागेकै बेला इमरानको उनिसंगग जम्काभेट भएपछि दुवैजना बिच घम्साघम्सी भएको थियो । त्यसक्रममा इमरानले फलामको मोटो रडले पुनमदेवीको टाँउकोमा चार पटक हानेर रक्ताम्ये बनाएपछि घरको मूल ढोकाबाट बाहिर निस्किएर ढोकामा बाहिरबाटै चुकुल लगाएर भागेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights