☰ open

काठमाडौं महानगरपालिकाले वर्षेनी १५ हजार जनालाई सीपमुलक तालिम

२०८० आश्विन २१, आईतवार १९:२५
मिडियाखबर

मेयर बालेन शाहले बेरोजगार समस्यालाई तीन वर्षभित्र समाधान गर्ने गरी रोजगारी तथा आयवृद्धि योजना ल्याइएको बताएका छन्। उनकाअनुसार समृद्धि गौरब योजना र श्रम बैंक स्वर्णिम योजना सञ्चालन गरिनेछ। काठमाडौं महानगरपालिकाले वर्षेनी १५ हजार जनालाई सीपमुलक तालिम दिने भएको हो। यीमध्ये पाँच हजारलाई रोजगारी दिने योजनासमेत महानगरको हो।

हरेक वर्ष कम्तीमा १५ हजार जनालाई सीममुलक तालिम दिने र कम्तीमा पाँच हजार नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि गौरब योजना ल्याइएको हो,’ सामाजिक सञ्जाल फेसबुकमा आइतबार अपराह्न मेयर बालेनले पोस्ट गरेका छन्।

महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदार र रोजगार दातालाई एउटै प्लेटफर्ममा ल्याई श्रम बैंकको स्थापना गरेर रोजगारी अवसर बढाउने उनले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights