☰ open

धरहराको बेसमेन्ट वा अन्डरग्राउन्डमा तीन तला पार्किङका दसैंं तिहारको माहोलले नि:शुल्क

२०८० आश्विन २२, सोमबार १६:२२
मिडियाखबर

दसैंं तिहारको माहोलले देशको राजधानीलाई छपक्कै छोपेको छ । सपिङदेखि रमझमकै लागि पनि बजारहरुमा मान्छेको भिडभाड हुने माहोल सिर्जना भएको छ ।

यस्तोमा राजधानीकै प्रमुख व्यापारिक केन्द्र न्युरोड अछुतो हुने त कुरै भएन । तर, न्युरोड क्षेत्रमा सपिंग गर्न जाँदा भने पार्किङको समस्याले प्रायःलाई पिरोल्छ ।

यहि कुरालाई ध्यानमा राख्दै काठमाडौं महानगरपालिकाले अस्थायी रुपमा धरहराको बेसमेन्टमा रहेको पार्किङलाई खुला गराएको छ ।

महानगरको नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेकाअनुसार धरहराको अन्डरग्राउण्डमा रहेको ५० हजार स्क्वायर फिटको क्षेत्रमा पार्किंग खुल्ला गराइएको हो । उनले भने, ‘अस्थायी रुपमा चाडपर्वको लागि खुल्ला गरिएको छ । यसपछि पुनः महानगरपालिकाले निर्माण पुरा भएपछि निर्णय गरेर धरहराको पार्किंग के गर्ने भन्ने हुन्छ ।’

हाललाई पार्किङ निशुल्क रहेको उनले बताए । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको बेसमेन्ट वा अन्डरग्राउन्डमा तीन तला पार्किङका लागि बनाइएको छ । हालको अवस्थामा चार सय वटा गाडी र ७ सय वटा मोटर साइकल यहाँ अट्ने अनुमान छ।

महानगरले अस्थायी रुपमा खुल्ला गराएको धरहराको पार्किंगका लागि उत्तर पूर्वको ढोकाबाट प्रवेश गरेर आफ्नो सवारी साधन पार्क गर्न सकिने पाण्डेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights