☰ open

संघीय निजामती स्थानीय तहका कर्मचारीमाथि प्रहरीले लाठीचार्ज

२०८० आश्विन २२, सोमबार १६:३२
मिडियाखबर

सुरक्षा घेरा तोडेर अघि बढ्न खोजेपछि सोमबार दिउँसो आन्दोलनरत स्थानीय तहका कर्मचारीहरूमाथि प्रहरीले बल प्रयोग गरेको छन् ।  प्रहरीले स्थानीय तहका कर्मचारीमाथि लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा पनि हानेको थियो । प्रहरीको बल प्रयोगबाट केही कर्मचारी घाइते भएका छन् ।

संघीय निजामती सेवा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीमाथि प्रहरीले लाठीचार्ज गरेको छन् ।

संघीय निजामती सेवा विधेयकका कतिपय व्यवस्था संशोधन गर्न माग गर्दै कर्मचारीहरू पछिल्लो केही दिनयता आन्दोलित छन् ।  प्रदर्शनमा उत्रिएका कर्मचारीहरूले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् ।

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले स्थानीय सेवाका कर्मचारीलाई ट्रेड युनियन अधिकार प्रदान गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाअन्तर्गत नै हुनुपर्ने पनि माग अघि सारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights