☰ open

काठमाडौँ नयाँबानेश्वरस्थित बागमती नदी किनारमा एक युवक मृत अवस्थामा भेटिए

२०८० आश्विन २४, बुधबार ११:४९
मिडियाखबर

आज बिहान काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वरस्थित बागमती नदी किनारमा काठमाडौँको बालाजु गोलढुंगा घर भएका शंखमूल बस्ने २० वर्षीय विकास महरा मृत भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

शव भेटिएको स्थानबाट प्रयोग भएको सिरिञ्ज र मृतको मोबाइल बरामद भएको प्रहरीको भनाइ छ । प्रारम्भिक अनुसन्धानमा मृतकको शरीरमा अन्य चोट नदेखिएको र थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights