☰ open

सुन प्रकरणमा राहुल महरा सहितचारजनाविरुद्ध मुद्दा दर्ता

२०८० आश्विन २४, बुधबार १२:१७
मिडियाखबर

सुन प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । राहुलसहित चारजनाविरुद्ध मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

सीआईबीले भेपमार्फत भएको सुन तस्करी प्रकरणमा राहुल महरासहित लोकेन्द्र पौडेल र ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको थियो । राहुल १३ भदौदेखि सीआईबीको नियन्त्रणमा छन् ।

१० पुस २०७९ मा चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानबाट इलेक्ट्रिक सिगरेट (भेप) ल्याएका थिए । ७३ वटा बट्टामा ल्याइएको ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights