☰ open

इजरायलबाट घर फर्किन २५० जना नेपाली विमान चढे

२०८० आश्विन २५, बिहीबार १६:३६
मिडियाखबर

युद्धग्रस्त इजरायलबाट घर फर्किन २५० जना नेपाली विमान चढेका छन्।

नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरू स्वदेश फर्केका हुन्।

नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अतवरण हुने छ। आफूहरू सबै प्रक्रिया पूरा गरेर विमान चढेको उनीहरूले बताएका छन्।

नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागेका हुन्।

नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका छन्।

त्यहाँ उनले नेपाली राजदूत र दूतावासका कर्मचारीसँग नेपालीहरूको स्थितिका बारेमा कुराकानी गरेका उनको सचिवालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights