☰ open

क्कली सर्टिफिकेट पेश गरी अधिकृत पदमा कार्यरत सज्जनबहादुर बुढाथोकी क्षेत्रीविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा

२०८० आश्विन २५, बिहीबार १६:४६
मिडियाखबर

बुढाथोकीको सर्टिफिकेट छानविन गर्न अख्तियारमा निवेदन परेपछि सर्टिफिकेट छानविन गर्ने क्रममा बुढाथोकीले माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश, इलाहाबाद, भारतबाट इन्टरमिडिएट तहको नक्कली सर्टिफिकेट पेश गरेको खुल्न आएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

नक्कली सर्टिफिकेट पेश गरी सार्वजनिक पदमा नियुक्ती लिएको आरोपमा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्युठानमा अनुसन्धान अधिकृत पदमा कार्यरत सज्जनबहादुर बुढाथोकी क्षेत्रीविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

बुढाथोकीले नक्कली सर्टिफिकेट पेश गरी राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा सुरुमा नियुक्ती भई बरिष्ठ अनुसन्धान सहायक र अनुसन्धान अधिकृत पदमा समेत बढुवा भै गैरसरकारी लाभ तथा सुविधा लिएको अभियोग अख्तियारले लगाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights