☰ open

अपराध अनुसन्धानमा चुनौती बनेकाे भन्दै पठाओ र इनड्राइभका ८३ जना अफलाइन राइडरलाई कारबाही

२०८० आश्विन २९, सोमबार १५:०१
मिडियाखबर

प्रहरीले अपराध अनुसन्धानमा चुनौती बनेकाे भन्दै पठाओ र इनड्राइभका ८३ जना अफलाइन राइडरलाई कारबाही गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उपत्यकाका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने पठाओ र इनड्राइभका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको हाे।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राइडरहरूले अफलाइन ड्राइभ गर्दा आपराधिक घटनामा अनुसन्धान गर्न चुनौती बनिरहेको कारणले अफलाइन राइड शेयर नगर्ने तर्फ सचेत रहन अनुरोध गरिएको छ ।

आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा विगतका केही आपाराधिक घटनामा यस्ता सवारी चालकको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलतालाई दृष्टिबाट सदैव जोखिम सिर्जना हुने भएकोले पठाओ र इन-ड्राइभको नाममा अफलाइन राइड नगर्न पनि अनुरोध गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights