☰ open

गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिआरएफ मा सहभागी हुन चीन प्रस्थान

२०८० आश्विन २९, सोमबार १५:०६
मिडियाखबर

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बिआरएफ)’ मा सहभागी हुन सोमबार चीन प्रस्थान गरेका छन्।

मंगलबार र बुधबार बेइजिङमा हुने बिआरएफमा आयोजना हुने सम्मलेनमा सात सदस्यीय टोलीको नेतृत्व गर्दै श्रेष्ठ त्यसतर्फ प्रस्थान गरेका हुन्।

‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’ को नीति र प्रगतिबारे छलफल हुने कार्यक्रममा गृहमन्त्री श्रेष्ठले ‘कि नोट स्पिच’ दिने बताइएको छ।

सम्मेलनमा सहभागिताका लागि चीनका सार्वजनिक सुरक्षा र आपतकालीनमन्त्री एवं पार्टी कमिटीका सचिव वाङ सियाङसी र इकोलोजी तथा पर्यावरणमन्त्री हुआङ रून्किउले उपप्रधानमन्त्री श्रेष्ठलाई नेपालको परराष्ट्र मन्त्रालयमार्फत छुट्टाछुट्टै निमन्त्रणा पठाएका थिए।

वाङ चिनियाँ कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा स्टेट काउन्सिलरसमेत हुन्। उपप्रधानमन्त्री श्रेष्ठ र उनीबीच द्विपक्षीय सहयोग र सम्बन्धबारे वार्ता हुने कार्यक्रम रहेको छ।

सम्मेलनको पहिलो दिन साँझ चिनियाँ राष्ट्रपति सि जिनपिङले आयोजना गरेको रात्रिभोजमा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ सहभागी हुनेछन्।

सम्मेलनमा झन्डै तीन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरू सहभागी हुने बताइएको छ।

चीनले २०१७ मा पहिलो र २०१९ मा दोस्रो बिआरएफ आयोजना गरेको थियो।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो।

बिआरआई सडक, पूर्वीय सभ्यताको विकास, देशहरूबीचको सहयोग एवं भाइचारा र पर्यावरणलगायत दिगो विकासमा योगदान पु¥याउने योजना रहेको चीनले बताउँदै आएको छ।

उपप्रधानमन्त्री श्रेष्ठसहितको भ्रमण टोलीमा सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद तथा जोखिम न्यूनीकरण प्राधिकरणका अनिल पोखरेललगायत छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights