☰ open

आज नेप्से आज २३.१६ अकंले घटेर १८५१.४३ बिन्दुमा बन्द भएको

२०८० आश्विन २९, सोमबार १५:११
मिडियाखबर

साताको पहिलो कारोबारको दिन सेयर बजार राताम्य भएको छ । गत साताको अन्तिम कारोबारको दिन घटेको बजार आज पनि सोहि निरन्तरता दिएको हो ।

नेप्से निरन्तर ओरालो लागेपछि सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान थप कमजोर देखिएको छ । निरन्तर बजारले ओरालो यात्रा तय गरेपछि लगानीकर्ता चिन्तित भएका छन् । बजार घट्ने क्रम नरोकिएपछि लगानीकर्ता ‘पर्ख र हेर’को रहेका छन् ।

नियामक निकायले विगतमा कसिएका नीतिहरु विस्तारै खुकुलो बनाउँदै जाने क्रम सुरु गरेको भए पनि सेयर बजारले त्यसलाई अझ रातो कार्पेट देखाएको पाइन्छ । सेयर धितो कर्जामा १२ करोडको सीमा लगाइएपछि सेयर नेप्से २२ सय माथि पुगेको थियो । तर, अहिले उक्त सिमालाई थप बढाए पनि बजार १८ सय बिन्दुमा झर्न पुगेको छ ।

अझ, यति बेला लाभांशको सिजन पनि चलिरहेको छ । अहिले सेयर किन्ने वा होल्ड गरेर राख्नेले केही समयमै लाभांश हात पार्न सक्छन् । यो बेला चहलपहल हुनुपर्ने समय हो । तर, बजारले घट्दा लगानीकर्ता निराश बनेका छन् । अहिले सामाजिक सञ्जालमा सेयर बजारबारे भ्रम फैलिदा लगानीकर्ताको मनोबल कमजोर भएको एक जानकारले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights