☰ open

बलात्कार आरोपमा वडाध्यक्ष पुर्पक्षका लागि करागार चलान

२०८० आश्विन ३०, मंगलवार १५:४०
मिडियाखबर

बलात्कार आरोपमा पक्राउ गरेका ओखलढुंगा सुनकोसी गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष छविरमण धमला पुर्पक्षका लागि करागार चलान भएका छन्।

२५ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका धमला पुर्पक्षका लागि करागार चलान भएका हुन्।

प्रहरी हिरासतमा रहेका उनलाई जिल्ला अदालत ओखलढुंगाले पुर्पक्षका लागि करागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए।

स्थानीय एक २५ वर्षीया युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा असोज ५ गते दिएको जाहेरीको आधारमा अनुसन्धानका लागि धमलालाई प्रहरीले पक्राउ गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights