☰ open

प्रधानमन्त्री मुस्ताङसहित हिमाली जिल्लामा न्यूनिकरण गर्न ५० करोड सहयोग गराउने घोषणा

२०८० कार्तिक १, बुधबार १५:०४
मिडियाखबर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङसहित हिमाली जिल्लामा जलवायु परिवर्तनले पारेको असर न्यूनिकरण गर्न सरकार गम्भीर रहेको बताएका छन् ।

उनले मुस्ताङवासीको पीडा कम गर्ने र त्यहाँको विकासलाई गति दिने कुरामा आफ्नो ध्यान गएको स्थानीयसँग बताउँदै ५० करोड सहयोग उपलब्ध गराउने घोषणा पनि गरे । बुधबार राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु परिवर्तन र त्यसले हिमाली क्षेत्रमा पारेको असरबारे गरिएको अन्तरक्रियामा उनले सबैले मिलेर जलवायु परिवर्तनले पारेको असरको सामना गर्नुपर्ने भन्दै त्यसमा सरकार गम्भीर भएर लागेको बताए ।

त्यसका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग जुटाउन आफू प्रतिबद्ध रहेको भन्दै उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेस नेपाल आउँदा मुस्ताङको समस्या राख्ने बताए ।

विगतको हिउँ पहिरो र मुस्ताङको कागबेनी क्षेत्रमा गएको बाढी जलवायु परिवर्तनको उपज भएको भन्दै उनले थपे, ‘विगतमा हिमपातको घटना घट्यो र ठूलो मानवीय क्षति पनि भयो । जलवायु परिवर्तनसँग यसको सम्बन्धलाई हामीले कसरी सम्बोधन गर्न सकिन्छ, यहाँको कृषि उत्पादन, पर्यटन र तमाम व्यवसायसँग जलवायु परिवर्तनबाट पुगेको क्षतिलाई कसरी रोक्न सकिन्छ भन्ने बारेमा सरकार गम्भीर ढंगले लागेको छ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights