☰ open

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री अस्पताल भर्ना

२०८० कार्तिक २, बिहीबार १४:५५
मिडियाखबर

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन्।

अचानक अस्वस्थ्य भएपछि श्रेष्ठ अस्पताल भर्ना भएका हुन्।

छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताएका छन्।

श्रेष्ठलाई सामान्य खालको हृदयघात भएको बताइएको छ। उनको छातीमा स्टेन्ट राखिएको छ।

अहिले श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको उनको सचिवालयले जनाएको छ।

श्रेष्ठलाई २४ घन्टे निगरानीका लागि सघन उपचार कक्षमा राखिएको छ।

उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षीको निमन्त्रणमा चीन भ्रमणमा गएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights