☰ open

हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालको लगातार दोश्रो जित

२०८० कार्तिक २, बिहीबार १५:४८
मिडियाखबर

आज खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो। हङकङले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।

नेपालका लागि ओपनर आसिफ शेखले ४२ रन बनाए भने कप्तान रोहित पौडेलले अविजित २५ रन बनाए । गुल्सन झा १४ रनमा नकआउट रहदाँ कुशल भुर्तेलले ८, कुशल मल्लले १ र सन्दीप जोराले ३ रन बनाएका थिए।

हङकङका इसान खानले ३ तथा यासिम मुर्ताजाले १ विकेट हात पारे। त्यसअघि सुरुआती ब्याटिङ गरेको हङकङ ३ बल अगावै ९४ रनमा अलआउट भएको थियो।

तिव्र गतिका बलर करन केसीले ४ विकेट लिएपछि हङकङको ब्याटिङ लाइन धरासायी बनेको थियो। हङकङका लागि यासिम मुर्ताजाले ३६ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन।

जिसान अलीले १७ रन बनाए। नेपालले सिरिजको पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो। टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट संघ क्यानले सिरिजको आयोजना गरेको हो।

सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन् । सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights