☰ open

अछामका डम्बर साउदले ७२ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभए

२०८० कार्तिक २, बिहीबार १७:०१
मिडियाखबर

अछामका डम्बर साउदले ७२ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको । मेल्लेख गाउँपालिका वडा नम्बर ७ का साउदलाई बुधबार जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गर्नुभयोएको थियो ।

रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा रहनुभएकाले साउदले नागरिकता लिन पाउनुभएको थिएन । बुढेसकालमा नागरिकता पाएपछि बल्ल नेपाली नागरिक भएको महसुस भएको साउदले सुनाउनुभयो । आफूले नागरिकता नबनाएका कारण छोराछोरी पनि नागरिकताबिहीन भएको उहाँको भनाइ छ । “ढिलै भएपनि मैले नागरिकता पाएँ, अब छोराछोरीलाई नागरिकता दिलाउँछु”, उहाँले भन्नुभयो ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय अछामले कागजपत्र पूरा भएको खण्डमा आधा घण्टामै सेवा दिने अभ्यास सुरु गरेको छ । जसले गर्दा पछिल्लो समय भिडभाड पनि कम भएको प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights