☰ open

तारा एअरका दुई पाइलटबीच कुटाकुट

२०८० कार्तिक १७, शुक्रबार १२:०२
मिडियाखबर

शुक्रबार बिहान ८ बजे तारा एअरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच कुटाकुट भएको रामेछाप विमानस्थल प्रमुख अशोक थापाले बताएको छन् । कुटाकुटको कारण भने खुलेको छैन ।

घटनाको जाँच विवरण लिँदैछु, थापाले भने, बिहान ८ बजे लुक्लाबाट आएको जहाजका क्याप्टेन सन्तोष साह र रामेछापबाट त्यो जहाज लिएर लुक्ला जाने अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच झगडा परेको हो ।’

तारा एअरका प्रवक्ता सुर्दशन बर्तौलाले घटनाबारे छानविन भइरहेको बताए । यो झगडा उनीहरूको व्यक्तिगत विषयमा भएको देखिन्छ । एअरलायन्स र उडानसँग सम्बन्धित होइन, उनले भने, यसबारेमा कम्पनी अनुसन्धान अघि बढाइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights