☰ open

साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरोसम्म चिनी दिने

२०८० कार्तिक २०, सोमबार १५:०८
मिडियाखबर

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निरन्तर पहलपछि साल्ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ।

बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री कार्यालयले चिनी उत्पादक उद्योगहरूसँग समन्वय गर्दै ३ हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङमार्फत खरिद गर्ने प्रबन्ध गरेको थियो।

यसका साथै अवैधरूपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालित गरिएका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको समन्वयमा सबै निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय अनुगमन टोलीले राजधानी काठमाडौंका विभिन्न स्थानमा अवैधरूपमा पठाइएका सयौं बोरा चिनी बरादम गरेको थियो।

साल्ट ट्रेडिङमार्फत प्राप्त हुने चिनी खुद्रा व्यापारीले उपभोक्तालाई प्रतिकिलो ११५ रूपैयाँमा बेच्न पाउनेछन्। तोकिएको निर्धारित मूल्यभन्दा बढीमा व्यापारीले बेचेको खन्डमा कारबाही हुनेछ।

खुद्रा व्यापारी तथा व्यवसायीहरूले सोमबारदेखि साल्ट ट्रेडिङको कालीमाटी शाखा र मंगलबारदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउँछन्।

नेपाली चिनी उद्योगको संरक्षणका लागि भन्दै सरकारले भन्सारमा ३० प्रतिशत महसुल निर्धारण गरे पनि चिनी उद्योगहरूले उपभोक्ताका लागि भन्दा चिनी खपत हुने अन्य उद्योगमा बिक्री गर्न थालेपछि चिनीको हाहाकार भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights