☰ open

धनुषाका एसपी विश्वराज खड्का प्रहरी प्रधान कार्यालय तानिए

२०८० कार्तिक २१, मंगलवार १६:४१
मिडियाखबर

धनुषाका एसपी विश्वराज खड्का प्रहरी प्रधान कार्यालय तानिएका छन्। प्रहरी प्रधान कार्यालयले खड्कालाई फिर्ता बोलाएको हो।

खड्कालाई जिम्मेवारीबाट हटाएर प्रधान कार्यालयमा फिर्ता बोलाइएको उपप्रधान एवं गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमले बताएका छन्।

धनुषाकी आरती साह मृत्यु प्रकरणमा एसपी खड्का विवादमा तानिएका थिए।

मृत अवस्थामा फेला परेकी साहको परिवारले खड्कालाई त्यहाँबाट हटाएर कारबाही गर्न माग गर्दै माइतीघरमा धर्ना बसिरहेका छन्।

सोमबार गृह मन्त्रालयले साहको परिवारलाई वार्तामा आउन आग्रह गरेको थियो।

वार्ताको क्रममा साहको परिवारले धनुषाका एसपीलाई हटाउनुपर्ने सर्त राखेको थियो।

साह धनुषामा मृत अवस्थामा भेटिएकी थिइन्। उनका आफन्तहरूले हत्या भएको दाबी गरेका छन्।

मृत्यु शंकास्पद भएको र अनुसन्धानका क्रममा धनुषाका एसपी खड्कासहितका प्रहरी अधिकृतहरूले कुटपिट गरेको पीडित परिवारको भनाइ छ।

खड्कासहितका प्रहरी अधिकृतहरूलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै साहका बुबा र आमासहितका परिवारका सदस्यहरू १४५ दिनदेखि माइतीघरमा धर्ना बसिरहेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights