☰ open

असई सुनबहादुर तामाङसहितको संलग्नतामा डाँका चोरी भएको मुद्दामा बुधबार थुनछेक बहस

२०८० कार्तिक २२, बुधबार १४:५१
मिडियाखबर

नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) सुनबहादुर तामाङसहितको संलग्नतामा डाँका चोरी भएको मुद्दामा बुधबार थुनछेक बहस भइरहेको छ।

जिल्ला अदालत काठमाडौंमा मंगलबार सबै प्रतिवादीको बकपत्र सकिएको छ। अब उनीहरुलाई थुनामा पठाउने कि धरौटीमा वा साधारण तारेखमा राखेर मुद्दाको अन्तिम किनारा लगाउने भन्ने आदेश हुनेछ।

ठमेलबाट युवती लगेर डाँका चोरी गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका २५ तरहराका २८ वर्षीय मदन पुरी, इटहरी उपमहानगरपालिका १९ इटहरीका २५ वर्षीय सन्तोष पुरी र तीन जना प्रहरी छन्। सहायक हवल्दार कास्कीको अन्नपूर्ण गाउँपालिका १ अधिकारी डाँडाका ३३ वर्षीय खगराज अधिकारी, प्रहरी जवान कास्कीको पोखरा महानगरपालिका २७ का २२ वर्षीय भुवन बराल र प्रहरी सहायक निरीक्षक धादिङको गंगाजमुना गाउँपालिका ३ का ४३ वर्षीय सुनबहादुर तामाङ लुटपाटमा संलग्न रहेको प्रहरीको आरोप छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights