☰ open

दुर्गा प्रसाईंविरूद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी

२०८० मंसिर ६, बुधबार ११:०२
मिडियाखबर

पुरानो राष्ट्रिय गान बजाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको छ ।

गत कात्तिक २८ गते जनकपुरधामस्थित हिन्दु सम्राट सेनाले आयोजना गरेको कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै प्रसाईंविरूद्ध नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले उजुरी दिएको हो ।

राष्ट्रिय गानको अपमान गरेको भन्दै प्रसाईंविरूद्ध युवा संघ धनुषा अध्यक्ष रोषणकुमार यादवले प्रसाईंविरूद्ध प्रहरीमा उजुरी दिएका हुन् । कुनै व्यक्तिलाई संविधान र कानुन प्रतिकूल हुने काम गर्न छुट नरहेको भन्दै यादवले प्रसाईंलाई हदैसम्म कैद तथा जरिवाना माग गर्दै उजुरी दिएका छन् ।

कार्यक्रममा प्रसाईंको निर्देशनमा ‘श्रीमान् गम्भीर नेपाली…’ बजाइएको थियो । धनुषाका एसपी मित्रबन्धु शर्माले उजुरी आएको तर दर्ता भइनसकेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights