☰ open

काठमाडौंबाट नेपालगन्जका लागि उडेको बुद्ध एअर अवतरण नगरी पुनः काठमाडौँ फर्किए

२०८० मंसिर ६, बुधबार ११:११
मिडियाखबर

काठमाडौंबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान मौसम खराबीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर काठमाडौं फर्किएको हो।

बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहलेका अनुसार आज बिहान काठमाडौंबाट बुधवार बिहान करिब ७ बजेर ४५ मिनेटमा उडेको थियो ।

उनले नेपालगन्ज विमानस्थलमा हुस्सु लागेकोले विमान अवतरण गर्न नसक्ने देखिएपछि पुन काठमाडौँ फर्काइएको जनाउँदै सो बिमान काठमाडौँ विमानस्थलमा अवतरण गरिसकेको बताए।

नेपालगन्ज विमानस्थलको मौसम ठिक भएपछि बिहान साढे नौ बजे मात्र खुला भएको जनाउँदै बुद्ध एअर नेपालगन्जले आगामी उडानहरू नियमित समयमा हुने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights