☰ open

एमालेको केन्द्रीय कमिटी बैठक सुरू

२०८० मंसिर ६, बुधबार १३:०२
मिडियाखबर

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालय च्यासलमा केहीबेरअघिबाट बैठक सुरू भएको हो ।

बैठक यही मंसिर १४ बाट थाल्ने गरी घोषणा गरिएको मध्यपहाडी केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा केन्द्रित छ । एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिँदै अध्यक्ष केपी ओलीको उपस्थितिमा उक्त अभियान गर्दैछ ।

बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानलाई सफल बनाउन नेताहरू परिचालन र आवश्यक योजना तयारीका विषय पनि एजेण्डामा रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights