☰ open

बल्खुमा प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हाने

२०८० मंसिर ७, बिहीबार १४:२२
मिडियाखबर

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शनका क्रममा बिहीबार प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

प्रसाईंले कार्यक्रममा सम्बोधन गरेपश्चात् त्यहाँ प्रहरीसित झडप भएको थियो । त्यसपछि स्थिति सामान्य बनाउन भन्दै प्रहरीले अश्रुग्यास प्रयोग गरेको हो ।

प्रसाईंका समर्थक त्यहाँबाट माइतीघर जाने भन्दै कालीमाटीतर्फ प्रवेश गरेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights