☰ open

हुन्डी, क्रिप्टो कारोबार, अनलाइन जुवालगायतको अपराधमा संलग्न एक व्यक्ति पक्राउ

२०८० मंसिर ८, शुक्रबार ०९:५०
मिडियाखबर

हुन्डी, क्रिप्टो कारोबार, अनलाइन जुवालगायतको अपराधमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौंको बागबजारबाट एक व्यक्तिलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ४८ वर्षका रूपेश श्रेष्ठलाई पक्राउ गरेको हो। उनीसँग ८९ लाख ६९ हजार नेपाली र सात हजार अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ।

बागबजारस्थित घरबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीसँग पैसा गन्ने मेसिनसमेत बरामद भएको छ। हुन्डीका साथै क्रिप्टो कारोबार, अनलाइन जुवालगायत विषयमा विस्तृत अनुसन्धान गरिने सिआइबीकी एआइजी किरण बज्राचार्यले बताइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights