☰ open

गणतन्त्रको अन्त्य नभएसम्म आन्दोलन जारी रहेको दुर्गा प्रसाई

२०८० मंसिर ८, शुक्रबार १३:५८
मिडियाखबर

आन्दोलन जारी रहेको दुर्गा प्रसाईले बताएका छन् । यो गणतन्त्रको अन्त्य नभएसम्म हाम्रो आन्दोलन नरोकिने प्रसाईले लेखेका छन् ।
प्रसाई आफ्नो सामाजिक सञ्जालमा लेख्छन्-‘हाम्रो आन्दोलन जारी छ ।
यो गणतन्त्रको अन्त्य नभएसम्म हाम्रो आन्दोलन रोकिने छैन । आज २०८० मंसिर ८ गते बिहान ११ बजे तीनकुने काठमाण्डौ मा भेला हुनुहुन सम्पूर्ण साथीहरु लाई हार्दिक अनुरोध गरिन्छ र सम्पूर्ण जिल्लाहरुमा स्वतफुर्त कार्यक्रम गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।
आजको कार्यक्रम संचालन अभियान सह प्रवक्ता राजानन्द माण्डव्य बाट मात्रा गरिने छ । साथै बक्ताहरु छनौट गरि कार्यक्रम कार्यक्रम संचालकलाई जानकारी गराइसकेको छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights