मिडियाखबर
राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रले २०४६ र २०६२/६३ सालको आन्दोलनको झल्को आइरहेको बताएका छन्।
मिश्रले काठमाडौंमा भइरहेको राजसंस्था फर्काउने अभियानतर्फ लक्षित गर्दै ट्वीटरमा बिहीबार यस्तो लेखेका हुन्।
उनले अब गणतन्त्र हाँक्ने र त्यसको बचाउ गर्नेहरूलाई गणतन्त्र घिसार्ने प्रयास नगर्नु भनेका छन्। उनले यसको परिणाम सुखद् नहुने बताएका छन्।
‘आज नभए भोलि, भोलि नभए पर्सी अवस्था विष्फोट हुन्छ-हुन्छ। त्यस्तो हुनुअगावै शान्तिपूर्ण संक्रमणमार्फत् नवीन समझदारीमा जाऔँ। व्यक्तिगत विचारका खातिर देशलाई र देशका बहुसंख्यक विपन्न जनताको भविष्य संकटमा नपारौं,’ मिश्रले भनेका छन्।
अन्य सँगसँगै राप्रपाका जिम्मेवार व्यक्ति र सर्वसाधारणहरू पक्राउ परिरहेको भन्दै उनले तुरुन्त रिहाइको माग गरेका छन्।
‘कतिपय नितान्त असम्बन्धित ठाऊँहरूबाट पक्राउ परेका छन्। सबैलाई तुरून्त रिहा गरियोस्। गैरकानुनी गिरफ्तारीहरूको घोर भत्सर्ना गर्दछु,’ उनले भनेका छन्।
‘गिरफ्तारी, नजरबन्द, निषेधित क्षेत्र, निषेधाज्ञाले न २०४६ सालमा पञ्चायत बचाउन सक्यो न २०६२/६३ सालमा राजाको शासन बचाउन सक्यो,’ मिश्रको भनाइ छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया